देश/प्रदेश

सुनचाँदी पसलमा छापा हान्ने क्रममा भएको घटनाका दोषीलाई कारबाहीको माग

Banner

जनकपुरधाम, कात्तिक १ –

जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैरकानुनी छापा मार्ने क्रममा झडप भएको थियो । त्यस क्रममा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते बनाउने हुनु भएकाले घटनाको छानबिन गरी त्यसमा सङ्लग्नलाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित ज्ञापनपत्र पठाएको वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले जानकारी दिनुभयो ।

प्रहरीले अवैध कारोबार भइरहेको भन्दै शुक्रबार साँझ जनकपुरधाम–५ स्थित सञ्जय पायल ज्वेलर्स पसलबाट चाँदी तथा सुनका गरगहना जफल गर्न खोज्दा विवाद भएको थियो ।

विवादको समयमा प्रहरी तथा व्यवसायीबीच झडप पनि भएको थियो । त्यसबेला प्रहरीले अश्रृग्याससमेत प्रहार गरेको थियो । सङ्घका अध्यक्ष भण्डारीले तिहारको बेला प्रहरी एक्लैले छापा मार्न नमिल्ने भनेर विरोध गर्दा उहाँमाथि कुटपीट भएको र हाल उहाँको जनकपुरधाम प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको सङ्घले जनाएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष साह नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई पठाउने गरी ज्ञापनपत्र बुझाइएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>