देश/प्रदेश

जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

Banner

सुर्खेत , असोज ३१ –

सुर्खेत प्रहरीले जुवातास खेलिरहेका ११ जनालाई बिहीबार बेलुका साढे ६ बजेतिर ८ बुक ४३ पत्ती (खोलेको) तास र ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ गरेको हो।

वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

घरधनी खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वरणषीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल पक्राउ परेका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारि दिए  ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>