राजनीति

माओवादीका युवाहरुले गठन गरे ‘जेनजी रेड टास्क फोर्स’

Banner

काठमाडौँ, असोज ३०–

नेकपा माओवादी केन्द्रसँग निकट युवाहरूले ‘जेनजी रेड टास्क फोर्स’ गठन गरेका छन्।

नयाँ पुस्तालाई क्रान्तिकारी विचार, अनुशासन र संगठनमा सशक्त रूपमा संगठित गर्ने उद्देश्यले गठन गरिएको यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनकी केन्द्रीय सदस्य स्मृति तिमल्सिनाले लिएकी छन्।

यो टास्क फोर्स देशभरका युवाहरूलाई वैचारिक, राजनीतिक र सामाजिक रूपान्तरणको दिशामा उर्जाशील बनाउन गठन गरिएको हो। अहिले सम्म ४० जिल्लामा संयोजक र सदस्यहरू तोकिएका छन् भने बाँकी जिल्लामा गठनको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको जनाइएको छ।

यसै सन्दर्भमा, चितवनका युवा नेता सुरज परियारलाई जेनजी रेड टास्क फोर्सको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। परियार अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका सक्रिय नेता हुन् र हाल चितवन जिल्ला को सह–सचिवको जिम्मेवारीमा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>