घटना -दुर्घटना
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते
०
विराटनगर, असोज २९ –
धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको भएको छ ।
बसमा ३० जना सवार थिए । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























