देश/प्रदेश
मंगलबार बेलुका खुलालु नदीको पुलबाट हाम फालेकी किशोरी बेपत्ता
०

कालीकोट , असोज २९-
खुलालु नदीको पुलबाट मंगलबार बेलुका ७ बजे नरहरिनाथ गाउँपालिका ७ उत्सवकी १४ वर्षीया किशोरी सिर्जना बटलाले पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
हाम फालेकी किशोरीको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
सिर्जना नरहरिनाथ गाउँपालिका ७ उत्सवका अनिपाल बटालाकी छोरी हुन्। बटालाको खुलालु बजारमा कपडा पसल समेत गर्दै आएको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष प्रदीप बोहोराले जानकारी दिए। अन्य कुराको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























