अर्थ
सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो
०

काठमाडौं , असोज २८ –
नेपाली बजारमा सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज (मंगलबार) सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्यमा पनि तोलामा ९५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























