चितवन विशेष

चितवनका युवा व्यवसायी सिग्देलमाथि आक्रमण

Banner

भरतपुर,असोज २१-

चितवनका युवा व्यवसायी सुलभ सिग्देलमाथि आक्रमण भएको छ । सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले सोमबार साँझ आक्रमण गरेको हो । काम सकेर घर फर्किदै गरेका उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा चार/पाँच जनाको समुहले आक्रमण गरेको हो । अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ ।
सिग्देलले आक्रमण गर्नेलाई पक्राउ गरेर कारवाहीको माग गर्दै चितवन प्रहरीमा निवेदन दिएका छन । उनको निवेदनको आधारमा प्रहरीले आक्रमणमा संलग्नलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले बताए । उनका अनुसार सिसी टिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>