Breaking News

रातको समयमा यात्रा नगर्न चितवन, धादिङ र तनहुँ प्रशासनको अनुरोध

Banner

चितवन, असोज १७–

जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ र तनहुँले संयुक्त सूचना निकाल्दै रातीको समयमा यात्रा नगर्न अनुरोध गरेका छन् ।

आज चितवनमा बसेको तीन जिल्लाको संयुक्त बैठकले आज रातिदेखि असोज २० गतेसम्म अत्यावश्यक बाहेक मालबाहक ठूला सवारी साधन नचलाउन अनुरोध गर्ने निर्णय गरेको छ । भारी वर्षा हुने पूर्वानुमान गरिएको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्ने परेमा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्न अनुरोध गरेको छ भने रातको समयमा यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।

उनले यो असोज २० गतेसम्ममा पूर्वानुमान बमोजिम वर्षा भएमा वा त्यस्तो संभावना देखिएमा स्थानीय प्रशासनबाट तत्काल बाटो बन्द गर्नुपर्ने अवस्था आउने भएकाले त्यस्तो अवस्थामा सर्तक तथा सहयोग गरिदिनु अनुरोध गरिएको प्रजिअ अर्यालले बताए ।

तीन वटै प्रशासन कार्यालयले सडकको अवस्था लगायतको विषयमा गुनासो तथा जानकारी लिन तीन वटै जिल्लाका प्रहरी कार्यालय र ट्राफिक कार्यालयको नम्बर समेत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>