Breaking News

तुइन खोलामा ठूलो पहिरो खस्यो, आज पहिरो हटाउन नसकिने, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

०
Banner

चितवन, असोज ७–

चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित तुइन खोलामा आज अपरान्ह पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना कमजोर बनेको छ । दिउँसो १ बजेदेखि नै अवरुद्ध बनेको यो सडक खण्ड अपरान्ह ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि सडक आज खुल्ने संभावना कमजोर बनेको हो ।

निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिदा पहिरो पन्छाउन समेत समस्या सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसैबीच चितवन प्रहरीले स–साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । आज पहिरो हटाउन संभव नभएको र पहिरो हटाउन करिब एक दिन लाग्न सक्ने भएकाले बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

गत शुक्रबार साँझ साँझ पहिरो खस्दा करिव ४६ घण्टा यो सडक खण्ड बन्द भएको थियो । केही दिनयता स–साना पहिरो खस्ने क्रम रोकिएको थिएन । दिउँसोदेखि नै सडक बन्द हुँदा हजारौं यात्रु बाटोमै रोकिएका छन् । दशैंको बेला घर जाने यात्रुहरु मर्कामा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>