देश/प्रदेश

व्यक्तिगत रूपमा विष्णु पौडेलले गरे क्षमायाचना

Banner

काठमाडौं, असोज ३-

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्षमायाचना गरेका छन्। संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्।

पौडेलले भनेका छन्, ‘विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुनेछ। व्यक्तिगत रूपमा आफ्नोतर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।’

उनले जेन जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीको निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पौडेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चालिने अपेक्षा पनि व्यक्त गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>