चितवन विशेष

नारायणगढ लायन्सद्धारा जेन–जी सहिदहरुको सम्मानमा दीप प्रज्वलन

Banner

चितवन, असोज २–

जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नारायणगढ लायन्स क्लवले दीप प्रज्वलन गरेको छ ।

लायन्स क्लव अफ नारायणगढ नारायणी, लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा बुधबार साँझ लायन्स चोक नारायणगढमा दीप प्रज्वलन गरेको हो ।

लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका निवर्तमान गर्भनर दिननाथ न्यौपानेले दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । उनले जेन–जी प्रदर्शनमा शहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गरे भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरे ।

दीप प्रज्वलन कार्यक्रममा पूर्व गर्भनरहरु, लायन्स क्लव नारायणगढका कार्यवाहक अध्यक्ष, लायन्स क्लव नारायणगढ नारायणीका अध्यक्षलगायत पदाधिकारी, लियो क्लवका अध्यक्षलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>