चितवन विशेष

ललित चौधरीलाई अन्तरिम सरकारमा समावेश गर्न लक्ष्मण थारुको माग

Banner

चितवन, भदौ २९–

जेन–जी प्रदर्शनका कारण सत्ता उलटपुलट भयो । अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको बागडोर सम्हाली रहेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारको तयारी थालेकी छन् ।

यही बेला थारु अगुवाहरुले प्रधानमन्त्री कार्कीलाई मन्त्रीपरिषद्लाई समावेशी बनाउन थारु समुदायलाई समेट्न माग गरेका छन् । आइतबार विहान चितवनमा बसेका थारु समुदायका अगुवाहरुले थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीलाई मन्त्रीपरिषद्मा समेट्न माग गरेका हुन् ।

थरूहट आन्दोलनका नेता लक्ष्मण थारूले ललितकुमार चौधरीलाई अन्तरिम सरकारमा पठाउने प्रस्ताव राखेका थिए। बैठकमा सहभागी अधिकांश व्यक्तिहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। बैठकमा थारू समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए। चितवनको माडीमा २०३४ सालमा जन्मिएका चौधरी थारू समुदायका स्थापित अगुवा नेता हुन्। २०५६ सालमा उनी थारू विद्यार्थी समाज चितवनका जिल्ला अध्यक्ष बने।

२०६४ सालमा दाङमा आयोजना गरिएको महाधिवेशनबाट थारू विद्यार्थी समाजको केन्द्रीय उपाध्यक्षमा चौधरी निर्वाचित भए।
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रामा सक्रिय भएका चौधरी पछि थारू कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति बने। हाल उनी दोस्रो कार्यकालमा पनि सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। ललितकुमार चौधरी हाल कुनै पनि राजनीतिक पार्टीसँग औपचारिक रूपमा आबद्ध छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>