देश/प्रदेश

आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख राहत

Banner

काठमाडौं, भदौ २९-

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन् ।

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>