चितवन विशेष
चितवनमा हट्यो कर्फ्यू र निषेधाज्ञा
०

चितवन,भदौ २८-
चितवनमा लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुनेगरि हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । यहाँ जेनजीको प्रदर्शनपछि २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र रातको समयमा कफ्र्यू लगाउँदै आइएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गर्नुभएको छ । चितवनमा शुक्रबारदेखि अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शनका क्रममा चितवनका अधिकांस सरकारी कार्यालयमा क्षति पुगेको छ । सबै कार्यालय सरसफाईको काम समेत सुरु गरिएको अर्यालले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























