राजनीति
‘जेन्जि’ पुस्ता आयो भने कसैले रोक्न सक्दैनः गोकुल बास्कोटा
०

काठमाडौं,भदौ २२-
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले जेन्जि पुस्ता बुझेर अगाडी बढे कसैले रोक्न नसक्ने बताएका छन्। जेन्जि पुस्ताले भ्रष्टाचारको विरोधमा भोली माइतीघरमा विरोध प्रदर्शन गर्दे गर्दा बास्कोटाले यस्तो धारणा आएको हो।
‘जेन्जि र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।’
उनले समय सधैँ एक नासको नहुने बताउँदै यसले रङ फेर्ने बताए। ‘मौसम त दुई महिनामा हल्का रङ फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृत्तिसँग किन गुनासो ?,’ उनले लेखेका छन्, ‘हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























