राजनीति

सामाजिक सञ्जाल बन्द गर्नु सूर्यलाई हत्केलाले छेक्ने दुस्साहसः स्वर्णिम वाग्ले

Banner

रामेछाप,भदौ २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई अधिनायकवादतर्फ धकेल्ने प्रवृत्ति भएको टिप्पणी गरेका छन्। उनले जनताको दबाब र विरोधकै कारण सरकारले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने दाबी समेत गरे।

शुक्रबार रामेछापको मन्थलीमा पार्टीको गोकुलगंगा गाउँपालिकाको प्रथम अधिवेशनमा सहभागी हुन आएका वाग्लेले पत्रकारहरूसँग कुरा गर्दै आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै भएको बताए।

सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने कुरा सुझबुझका साथ चरणबद्ध रूपमा गर्न सकिन्छ। तर, कर्यापझ्याप गरेर प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत हो,वाग्लेले भने। उनका अनुसार अहिले करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका छन् र उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल नै हो। यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दमन गर्न नसकिने उनले स्पष्ट पारे।

रास्वपाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिँदै वाग्लेले काठमाडौँ फर्किएपछि यसबारे थप विस्तृत रूपमा बोल्ने बताएका छन्। सरकारको नियत नै प्रस्ट छैन। सूचना प्रविधि रोक्छु भन्ने मानसिकता न लोकतान्त्रिक हुन्छ, न दिगो, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>