राजनीति
सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छः शेखर कोइराला
०

काठमाडौं, भदौ १९-
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत् टिप्पणी सार्वजनिक गर्दै नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् । ‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ यो अन्दाज सरकारले लगाउन सक्छ ?’, कोइरालाले लेखेका छन्, ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्नेगरि नियमन गर्न म आग्रह गर्दछु ।’
अन्तिमपटक एक हप्ताको समयसीमा दिँदा समेत फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि सरकारले बिहीबारदेखि निष्क्रिय पारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























