राजनीति

वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बनेः रामकुमारी झाँक्री

Banner

काठमाडौँ,भदौ १९-

प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे धारणा सार्वजनिक गर्दै वाक स्वतन्त्रता र नियमनलाई छुट्टै दृष्टिले बुझ्नुपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जाल र भर्चुअल प्लेटफर्मलाई नियमित र नियमन गर्नु वाक स्वतन्त्रतामाथि बन्देज नभएको बताएकी छन् । नागरिकले आफ्नो अधिकारसँगै दायित्वलाई पनि स्वीकार गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

झाँक्रीले यस प्रसंगमा पशुपतिनाथको उदाहरण दिएकी छन् । ‘पशुपतिनाथको दर्शन गर्नु नागरिकको अधिकार हो। तर हजारौँ मानिसलाई सहजता होस् भनेर बनाइएका नियमलाई मान्नु सबैको कर्तव्य हो। बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्रै दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि’, उनले भनेकी छन् ।

झाँक्रीले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीबेइज्जती गर्न नपाइने बताइन् । त्यसैले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उनको तर्क छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>