राजनीति

शिखर सम्मेलनमा भाग लिन जेनेभा गइन् उपमेयर डंगोल

Banner

काठमाडौँ, भदौ १६-

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्। युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन उपप्रमुख सुनिता स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी हुन्।

भदौ १७ गतेदेखि १९ सम्म द फोरम अफ योङ ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि आयोजित सम्मेलन सहभागी हुन उपमेयर डंगोल जेनेभा गएकी हुन्।

फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू उपस्थित हुनेछन्। जसमा शिक्षा, कला, खेल, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व रहनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>