राजनीति

रूपन्देही ३ मा राम्रो नतिजा ल्याउँछौंः प्रचण्ड

Banner

काठमाडौं, भदौ १५-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याइने बताएका छन्। पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै रूपन्देही ३ को उपनिर्वाचनमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरूले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो। त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ। मैले यो कुरा मलाई किन भन्नुहुन्छरु यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु। त्यसैले कमरेडहरू माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भूमिका कसैले नकार्न सक्दैन। बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्यो नि, रूपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं। एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस्,’ उनले भने।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरूप भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>