राजनीति

देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टीः शंकर पोखरेल

Banner

ललितपुर,भदौ १४-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन् । गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘देशमा ओलीको विकल्प छैन । संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो ।’

७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको भन्दै उनले नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्‍याए । भारतको नाकाबन्दी ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै उनले थपे, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बदल्ने सामर्थ्य ओलीबाहेक कसैमा छैन । ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।’

विद्या भण्डारीबारे पोखरेलले भने, ‘संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्वराष्ट्रपति सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>