राजनीति

विद्या भण्डारीलाई सिमरामा ५१ किलोको माला

Banner

काठमाडौं, भदौ १४-

सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बारामा ५१ किलोको माला लगाइएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुने महिला सम्मेलनमा सहभागी हुन शनिबार सिमरा पुगेकी भण्डारीलाई समर्थकहरूले ५१ किलोको माला लगाइदिएका हुन् ।

बाराको सिमरास्थित विमानस्थल भण्डारीलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक भेला भएका थिए । जसमा नेकपा एमालेका नेता कार्यकर्ता पनि थिए । उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि एमालेले सदस्यता नवीकरण रोकिदिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>