राजनीति

रास्वपाको ‘प्राइमरी इलेक्सन’ सम्पन्न, १५६७ मत खस्यो

Banner

काठमाडौं, भदौ १३-

रुपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको ‘प्राइमरी इलेक्सन’ सम्पन्न भएको छ। रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहानदेखि सुरु भएको अनलाइन भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको हो। कुल २७१६ मतदाता मध्ये १५६७ जनाले मत खसालेका छन्। पार्टीको नियमअनुसार केन्द्रीय समितिका सदस्यले पनि मत हाल्न पाउने प्रावधान रहेकामा ६२ सदस्य मध्ये २७ जनाले मात्र भोट दिएको उनले बताए।

उनका अनुसार केही अनलाइन भोट अस्वीकृत हुने सम्भावना रहेको छ र यसको छानबिन निर्वाचन समितिले गर्नेछ। रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाबाट ९ जनाले आवेदन दिएका थिए। नतिजा आइतबार सार्वजनिक हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>