राजनीति

सदनको अवरोध हटाउन सरकार र प्रतिपक्षीबीच संवाद नहुँदा चिन्तित छुः सभामुख घिमिरे

Banner

काठमाडौँ, भदौ १३-

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा गरिरहेको अवरोध हटाउन सरकारको तर्फबाट संवाद नभएको भन्दै ध्यानाकर्षण गराएका छन्।

शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्।

‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ,’ उनले भने, ‘यसका बाबजुत पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु। तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>