राजनीति

बयान दिएपछि हाजिर जमानीमा छुटे ऐन महर

Banner

काठमाडौं, भदौ ११-

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको सेतोपाटीलाई जानकारी दिए। २९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि बुधबार बिहान महर पक्राउ परेका थिए।

युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको थियो।
ऐन महरसहित उनका परिवारले आफूमाथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गर्ने गरेको आरोप युवतीको आरोप छ।

उनले चरित्रहत्या गरेको कसूरमा महरविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही माग गर्दै उजुरी दिएकी थिइन्। उक्त दफामा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख गरिएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>