राजनीति

उखु किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल

Banner

काठमाडौँ, भदौ १०-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गर्नुभएको छ ।

उखु उत्पादक सङ्घले रकम भुक्तानीलगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै आज उहाँले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले उखु किसानको अनुदान कटौती नगर्न आग्रह गर्दै उनीहरूको माग छिट्टै पूरा गर्न आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल रु ७० उपलब्ध गराउँदैन आएको छ । गत पुसयता करिब आठ महिनादेखि भुक्तानी बाँकी रहेको र सरकारले अनुदानमा प्रतिशत कटौती गरेको भन्दै किसानले विरोध गरिरहेका छन् ।

मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदान सहयोग गर्दै आएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>