राजनीति

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

Banner

काठमाडौं,भदौ १०-

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन्। सांसद् झा पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भंगालस्थित निवासमै पुगेका थिए।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको र पछि फर्कने कुनै नभएको बताएको सांसद् झाले जानकारी दिए। आफू एमालेमा सक्रिय भइसकेको र पार्टीभित्रबाट रोक्न खोजेकामा भण्डारीको असन्तुष्टि थियो। झाका अनुसार पूर्वराष्ट्रपति भण्डारीले रवि लामिछानेलाई राज्यले दुख दिइरहेको बताएकी थिइन्।

कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन तथा एमाले अध्यक्ष बन्न मिल्ने भनी बताएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको प्रसंग पनि भण्डारी-झा भेटमा निस्केको थियो। ‘अहिले उहाँ नै मलाई रोक्न खोज्दै हुनुहुन्छ,’ भण्डारीले झासँग भनेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>