चितवन विशेष

नारायणगढ जेसीज र भियतनामको जेसीज दनाङबीच भेटघाट

Banner

चितवन, भदौ १०–

नारायणगढ जेसीज र भियतनामको जेसीआइ दनाङबीच भेटघाट सम्पन्न भएको छ । नारायणगढ जेसीजका अध्यक्ष सिनेटर रविन्द्र कुमार श्रेष्ठसहितको भियतनाम पुगेको टिमले स्थानीय जेसीज दनाङबीच भेटघाटसंगै बैठक सम्पन्न गरेको हो ।

नारायणगढ जेसीज टिमलाई जेसीआइ दनाङका अध्यक्ष एलपी भिक्टोरसहितको टिमले स्वागत गरेको छ । सोही अवसरमा दुई जेसीजबीच बैठक समेत बसेको थियो । बैठकमा दुई अन्तर्राष्ट्रिय शाखाबीच व्यवसायीक मित्रता, फेलोसिप र भाइचारा सम्बन्ध अगाडि बढाउने विषयमा छलफल भएको नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगामि दिनमा थप सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताउनुभयो । उहाँले भियतनामको जेसीज टिमलाई नेपाल र चितवन भ्रमणको निम्तो समेत दिइएको बताउनुभयो ।

नारायणगढ जेसीजले अहिले ५०औं वार्षिकोत्सव मनाइरहेको छ । यही अवसरमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ बनाउन विभिन्न देशको भ्रमण थालिएको हो । यसअघि नारायणगढ जेसीज टिमले सिंगापुर जेसीजका राष्ट्रिय अध्यक्ष किरा यासुदासंग पनि भेटघाट गरेको थियो ।

उक्त भेटमा अध्यक्ष श्रेष्ठले ५० औं स्वर्ण जयन्ती वर्ष गर्वका साथ मनाइरहेको खुशी साटेका थिए । उक्त भेटमा नारायणगढ जेसीजले उद्यमशीलता, व्यवसाय, नेतृत्व र बाहिरका विविध अवसरहरू मार्फत युवा सशक्तिकरणलाई कसरी प्रवर्द्धन गरिरहेको छ भन्ने बारेमा छलफल गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उनीहरुलाई निकट भविष्यमा नेपाल र जेसीआइ नारायणगढ चेम्बर कार्यालयको भ्रमण गर्न निमन्त्रणा दिईएको थियो ।

जेसीआइ मरीना, सिंगापुरका निर्देशक जेसी गलगिर माको उपस्थितिले भेटघाटलाई थप महत्व थपेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>