Breaking News

अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

Banner

काठमाडौं,भदौ १०-

पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित निकालेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रनमा समेटियो । नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।

ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>