अन्तर्राष्ट्रिय

चीनलाई ट्रम्पको धम्की- अमेरिकालाई खनिज चुम्बक नदिए २०० प्रतिशत कर लगाउँछु

Banner

काठमाडौं,भदौ १०-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनले अमेरिकालाई चुम्बक बिनारोकतोक उपलब्ध गराउनुपर्ने बताएका छन् । यदि, त्यसो नगरे चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कुनै प्रतिबन्धका उपायहरू लागु गर्ने धम्की दिएका छन् ।

दुई देशबीचको व्यापार विवादका बीचमा चीन दुर्लभ चुम्बक र तिनको आपूर्तिमा नियन्त्रणको विषयमा संवेदनशील बन्दै गएको छ । अमेरिकाले कर वृद्धिको जवाफमा अप्रिलमा चीनले धेरै दुर्लभ खनिज वस्तुहरू र चुम्बकहरूलाई आफ्नो निर्यात प्रतिबन्ध सूचीमा समावेश गरेको थियो ।

यसैबीच, ह्वाइट हाउसमा आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँगको भेटमा ट्रम्पले चीनसँग सम्बन्ध कायम राख्ने बताएका थिए । “चीनसँग हाम्रो उत्कृष्ट सम्बन्ध हुनेछ । उनीहरूका केही कार्ड छन् र हामीसँग पनि अविश्वसनीय कार्ड छन्,” ट्रम्पले भने, “तर म ती कार्ड खेल्न चाहन्नँ । यदि, मैले ती कार्ड खेले भने चीन नष्ट हुनेछ । म ती कार्ड खेल्ने छैन ।”

किम जोङसँग मेरो धेरै राम्रो सम्बन्ध छ, भेट्न चाहन्छु ट्रम्पले सोमबार यो वर्ष उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताए । ह्वाइट हाउसमा आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग भेट्नुअघि ट्रम्पले भने, “मेरो र उत्तर कोरियाली नेताबीच धेरै राम्रो सम्बन्ध छ । म उनलाई बुझ्छु, मैले उनको साथ धेरै समय बिताएको छु, हामीले सायद छलफल गर्न नहुने विषयहरूमा कुरा गरेका छौँ । मलाई उनको साथ धेरै राम्रो लाग्छ । मलाई लाग्छ कि उनको देशमा अपार सम्भावनाहरू छन् ।” उनले यस वर्ष वा अर्को वर्ष किमसँग भेट्ने प्रश्नमा भने, “म यो वर्ष उनलाई भेट्न चाहन्छु ।” इकोनोमिक्स टाइम्स

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>