राजनीति

घेराबन्दीमा परेका प्रचण्डको छटपटी हेर्न लायक छः महेश बस्नेत

Banner

काठमाडौं,भदौ ९-

नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्ड आफै विप्लवको घरमा पुगेर गरेको भेटघाटलाई छटपटीको संज्ञा दिएका छन्। प्रचण्ड र विप्लवको भेटघाटको तस्बिर सार्वजनिक गर्दे बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन । ‘जनार्दन शर्माको खुलेआम चुनौतीबिच प्रचण्ड आफैँ विप्लवको घर पुगेर महासचिव बन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको सङ्केत हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

३७ वर्षदेखि डन्डा चलाएर अध्यक्ष भइरहेकालाई पहिलो पटक पार्टीभित्रै असली चुनौती सामना गर्दे गरेको बस्नेतले बताए। ‘अबको खेल हेर्न लायक हुनेछ !,’ बस्नेत लेख्छन्, ‘घेराबन्दीमा परेका प्रचण्डको छटपटी र दौडधुप साँच्चै हेर्न लायक छ’।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>