Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा सुख्खा पहिरो,सडक दुईतर्फी अबरुद्ध

Banner

भरतपुर,भदौ ७-

सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अबरुद्ध भएको हो ।

सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>