राजनीति

कोसीमा सभामुख हटाउने तयारीमा कांग्रेस–एमाले

Banner

विराटनगर, भदौ ४
कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टलाई पदबाट हटाउन सत्तारूढ दलहरूले आन्तरिक तयारी थालेका छन् । कोसीमा सभामुख फेर्न सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) एकमत छन् । त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको नेताहरू बताउँछन् ।

सरकार गठनका क्रममा एमाले र कांग्रेस फरक कित्तामा उभिएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाइएको थियो । त्यसबेला अहिलेभन्दा फरक गठबन्धनको सरकार बनाउन ठ्याक्कै ४६ प्रदेशसभा सदस्यको संख्या चाहिएको थियो ।

तर, अहिलेको गठबन्धन ०८४ सम्मै टिक्ने सुनिश्चित भएसँगै विष्टलाई हटाउन लागिएको नेताहरूको भनाइ छ । नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले सभामुख हटाउन अनौपचारिक छलफल भएको तर प्रक्रिया कहिले सुरु गर्ने भन्ने तय नभएको जानकारी दिए ।

०८० पुस २४ गते विष्ट कोसी प्रदेशको सभामुखमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यही वर्ष साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएका थिए । त्यसपछि पद रिक्त बनेको थियो ।

प्रदेश सभा बैठकमा विष्टको एकल उमेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । कोसी प्रदेश सभामा ९३ जना सदस्य छन् । जसमध्ये सातजना राप्रपाका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>