राजनीति

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

Banner

काठमाडौं,भदौ ४-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् ।

उनी बुधबार बेलुकी पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापति लामिछानेलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । भैरहवा कारागार रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>