राजनीति
युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री
०

काठमाडौँ, भदौ ४-
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी थिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’उनले भने, ‘युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन।’
उनले निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिने जिकिर गरे। उनले भने, ‘निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरूलाई धन्यवाद।’
ु
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























