राजनीति
रवि लामिछानेलाई भिटामिन डी को कमी
०

काठमाडौं,भदौ ३-
थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई भिटामिन डी को कमी देखिएको बताए ।
“सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको छ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























