राजनीति

रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि…

Banner

काठमाडौं, भदौ २-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए ।

उनले भने, ‘उहाँको रुपन्देहीबाट ल्याउँदा हातका छालाहरू पहेँलो भएको थियो । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्छ । अहिले रगत परीक्षण हुँदैछ ।’ लामिछानेलाई शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरेर ल्याइएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>