राजनीति

विराटनगर जाँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

Banner

काठमाडौं, भदौ २-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाने भएकी छन्। उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन् ।

उनका सचिवालयका अनुसार उद्घोषको वार्षिकोत्सवसँगै उनी राजनीतिक भेटघाटमा पनि सहभागी रहने कार्यक्रम छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (कीकृत समाजवादी) निकट प्रेस संगठन कोशी अध्यक्षसमेत रहेका पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको पत्रिका उद्घोषको वार्षिकोत्सवको अवसरमा पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>