राजनीति

एकीकृत समाजवादीको युवा संघमा समानान्तर कमिटी घोषणा

Banner

काठमाडौं, भदौ ०१-

नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपालमा समानान्तर कमिटी बनाइएको छ । सञ्जीव राई अध्यक्ष रहने गरी समानान्तर कमिटी गठन भएको हो ।

गत साउन १७ मा अध्यक्ष माधवकुमार नेपाल पक्षीय रोशन थापा नेतृत्वको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो । राईको नाम सहसंयोजकको रूपमा दोस्रो नम्बरमा उल्लेख थियो । उनले तत्कालै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गरेका थिए ।

संस्थापनको निर्णय सम्मानित नेता झलनाथ खनाल पक्षका युवा नेताले अस्वीकार गर्दै आएका थिए । राईले संस्थापन पक्षको सर्कुलर सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थिए । राईको नेतृत्वमा आइतबार महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>