चितवन विशेष

शुभ पेट्रोल्याण्डले गर्यो चालकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण

Banner

चितवन, साउन ३१-
लायन्सचोक नारायणघाटस्थित शुभ पेट्रोल्याण्ड प्रा.लि.ले आज (शनिबार) सवारी चालक तथा स्थानीयबासीका लागि नि:शुल्क स्वास्थ परीक्षण गरेको छ ।
शुभ पेट्रोल्याण्डमा भएको कार्यक्रममा कुल २५० जनाको स्वास्थ परीक्षण गरिएको शुभ पेट्रोल्याण्ड प्रालिका संचालक सबल पियाले जानकारी दिए । शुभ पेट्रोल्याण्डले निदान प्याथोलोजी भरतपुरको सहकार्यमा मधुमेह र उच्च रक्तचापको परीक्षण गरेको हो । परीक्षण गर्दा धेरैले जनामा अत्यधिक मोटोपन, ३०% लाई मधुमेह र उच्च रक्तचाप देखिएको निदान प्याथोलोजीका संचालक मोहन तिवारीले जानकारी दिए ।


शुभ पेट्रोल्यान्डले विभिन्न समयमा निदान प्याथोलोजीसङ्ग सहकार्य गर्दै स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ । निदानका अर्का संचालक टीका पङगेनीले चालकहरुको यस्तो स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए ।लायन्स रोड टोलका अध्यक्ष रामजी दाहालले यो कार्यक्रम धेरै नै प्रभावकारी भएको बताए । चालक सङ्गै टोलबासी समेत लाभान्वित भएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>