राजनीति

रवि लामिछानेलाई कारागार सरुवा गरिने

Banner

काठमाडौँ, साउन ३०-

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन दिनुभएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ । “कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भन्नुभयो, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>