राजनीति

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

Banner

काठमाडौं, साउन २९-

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

भदौ १५ र १६ गते सांघाई सम्मेलन हुनेछ। उक्त सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। साथै सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि उक्त अवसरमा भेटवार्ता गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओली भदौ मसान्तमा भारत भ्रमणमा पनि जाँदैछन्। भदौ ३१ गते भारत भ्रमणमा गएर असोज १ गते काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>