राजनीति
३० हजार धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे चक्रे मिलन
०

काठमाडौं, साउन २८-
काठमाडौं जिल्ला अदालतको आदेशमा ३० हजार रूपैयाँ धरौटी बुझाएर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ फेरि पक्राउ परेका छन् । उनी बुधबार साँझ काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका थिए । काठमाडौंमा उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटी बुझाएर छुटे लगत्तै चक्रेलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले चक्रेलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न भक्तपुर ल्याइएको जानकारी दिए ।
यसअघि यही साउन १६ गते चक्रपथस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेका चक्रेसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























