राजनीति

विश्वको कुनैपनि देशका कारागारमा नाइके, भाइ नाइके राख्ने व्यवस्था छैनः सांसद नेम्वाङ

Banner

काठमाडौँ, साउन २८-

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन्।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए।

‘जुन तरिकाको नाईके, भाईनाईके र चौकीदारको कुरा छ, मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरेँ,’ नेम्वाङले भने, ‘कुनैपनि ठाउँमा कानुन नै लेखेको चाहीँ छैन। तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ। हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला। उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुन्छ है भनेर बनाउनुभएको होला। तर यसले एउटा विकृति ल्याएको छ। यहाँ नाइके, भाइनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरु पनि हामीले सुन्नमा आएको छ। त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरुलाई हामीले निश्चित सेवा सुविदा दिइरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>