राजनीति

गृहमन्त्रीलाई रास्वपाको प्रश्न-जीवी राईलाई कहाँ लुकाइएको छ ?

Banner

काठमाडौं, साउन २८-

रास्वपाका सांसद अशोक कुमार चौधरी गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई कहाँ लुकाइएको छ ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जीवी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी घरभित्र छन् कि सत्ताको ओडारभित्र ? गिरिबन्धु टी स्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो। नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ थन्कियो ? उच्च स्तरीय नेताहरूको नाम खुले पनि अनुसन्धान किन सुस्त ? के यो बयान पनि अप्राकृतिक गठबन्धनले थुनेको छ ?’

उनले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन वा संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>