राजनीति
एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ?
०

काठमाडौं, साउन २८-
नेकपा एमालेकी सांसद दीपा शर्माले रास्वपाकी सांसद सोबिता गौतमको पुरानो अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘आफूलाई अब्बल कानुन व्यवसायी भन्नुहुन्छ। र आफूलाई नयाँ सुझबुझ गरेर आएको पनि ठान्नुहुन्छ। उहाँको अहिले भाइरल भएको एउटा भिडिओ छ, उहाँले जबसम्म एउटा बलात्कृत महिलाको शरीरमा हानी नोक्सानी भएको छैन भने बलात्कृत हुनु र कसैले झापड हान्नु एउटै हो भन्ने उहाँको अभिव्यक्ति छ।’
उनले सांसद गौतमले भन्न के खोजेको हो ? समाजलाई कता लैजान खोज्दै हुनुहुन्छ ?भन्दै प्रश्न गरिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























