राजनीति

नाराबाजी र होहल्लापछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

Banner

काठमाडौं, साउन २८-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा अधिवेशन कार्यक्रम उद्घाटन नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच विवाद भएर हात हालाहाल भएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष लिङ्देन पनि पुगेका थिए। लिङ्देनकै अघि महामन्त्री राणा पक्षका युवाहरूले नाराबाजी गरेका थिए।

त्यसपछि अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित गरेका हुन्। हुलदंगा पार्टीलाई मान्य नहुने पनि उनले बताए। अधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

अधिवेशन स्थगित गरेर अध्यक्ष लिङ्देन हिँडे पनि महामन्त्री धवल शम्शेर राणनिकट समूहले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अध्यक्ष ज्योति लामालाई अध्यक्ष घोषणा गरेका थिए। न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>