चितवन विशेष

नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथि आक्रमण

Banner

चितवन, साउन २७ –

चितवनको खैरहनीमा रहेको नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथिआक्रमण भएको छ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख ई. शालिग्राम लम्सालमाथी अज्ञात समुहले उनकै कार्यकक्षमा प्रवेश गरि आज दिउँसो आक्रमण गरेका हुन् । कार्यालय प्रमुख माथि कालो मोबिल छ्याप्नुको साथै साङ्घातिक हमला भएको छ । आफुलाई नेकपा बहुमतको कार्यकर्ता बताउने दुईजनाले कार्यकक्षभित्र पसेर आक्रमण गरेको कार्यालयले जनाएको छ । सिसिटिभि फुटेज  अनुसार करिब दिउसोको १ : १५ बजे तिर आक्रमण गरेको छन ।

घटना लगत्तै कार्यालयको सम्पुर्ण सेवाहरु बन्द भएको छ । राष्ट्रसेवकमाथी भएको आक्रमणको विरोध र दोषी उपर कारबाहीको माग गर्दै कर्मचारीहरुले कार्यालयको सम्पुर्ण सेवाहरु बन्द गरेका छन् । कार्यालयका सम्पुर्ण कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही नभएसम्म कार्यालयको सेवा अवरुद्ध हुने जनाएको छन् ।

घटना लगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरिले सिसिटिभीको सहयोगमा घटनामा संलग्नहरुको पहिचान गरेर खोजी कार्य तिव्र बनाएको बताए । उनले घटनामा संलग्नहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>