राजनीति
ब्रह्माकुमारी राजयोगमा पुगेर प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण
०

काठमाडौँ, साउन २४-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ,“आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद ”
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























