राजनीति

रविलाई कुनै विभेद गरिएको छैनः रुपन्देही कारागार

Banner

काठमाडौं, साउन २३-

रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ । बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।’ साथै प्रशासनले रविले चाहेको खण्डमा बाहिरबाट आउने व्‍यक्तिले भेट्न पाउने तथा सञ्‍चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>